Logo

नेदरल्यान्ड्स र फ्रान्स विश्वकपमा छनोट, युक्रेनले प्लेअफ खेल्ने



Spread the love

एजेन्सी। फ्रान्सले गएराति विश्वकप छनोट प्रतियोगितामा फिनल्यान्डलाई २–० ले पराजित गरेको छ । योसँगै फ्रान्सले अपराजित रहँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

भ्रमणकारी फ्रान्सले बेन्जेमाको गोलबाट ६६औं मिनेटमा अग्रता लिएको थियो । ७६औं मिनेटमा एमबाप्पेले अर्को गोल थपेपछि फ्रान्सले तीन अंक पक्का गरेको हो ।

यस्तै, युक्रेनले गएराति बोस्निया एण्ड हर्जगोभिनालाई २–० ले हराउँदै विश्वकप छनोटको प्लेअफमा स्थान पक्का गरेको हो ।

यस्तै, स्टेभन बर्गविन र मेम्फिस डिपाएको गोलमा नेदरल्यान्ड्सले मंगलबार राति नर्वेलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का गरेको छ । नेदरल्यान्ड्स युरोपियन विश्वकप छनोटमा समूह ‘जी’ को शीर्ष स्थानमा रहेर विश्वकप पक्का गरेको हो । सोही समूहबाट टर्कीले प्लेअफमा स्थान पक्का गर्यो ।

प्रतिक्रिया दिनुहोस्