Logo

नेपाल भर्सेस कतार, दोस्रो जितको खोजीमा नेपाली टोली



Spread the love

१ मंसिर, काठमाडौँ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । दोहामा रहेको वेस्ट इण्ड पार्क स्टेडियममा खेल दिउँसो पौने चार बजेबाट सुरु हुनेछ ।

हिजो पहिलो खेलमा कतारलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको नेपाल आज पनि जित निकाल्ने रणनीतिका साथ मैदान उत्रदै छ । श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ । कतारसँग भोलि तेस्रो खेल खेलेपछि नेपाली टोली छनोट खेल्न सिधै यूएई जानेछ ।

प्रतिक्रिया दिनुहोस्