Logo

प्रधानन्यायाधीश जबराले तोके आफूबाहेकका ९ वटा इजलास



Spread the love

१ मंसिर, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेकका ९ वटा इजलास तोकेका छन्। जबराले बुधबारका लागि ७ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन गरेका हुन् ।

बुधबारका लागि प्रधानन्यायाधीश जबराले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई, मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र डा। मनोजकुमार शर्मा, टंक बहादुर मोक्तान र नहकुल सुवेदी, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी तथा तेज बहादुर केसी र डा. कुमार चुडालको संयुक्त इजलास तोकेका छन् ।

त्यसैगरी, न्यायाधीश हरिकृष्ण कार्की र हरि प्रसाद फुयालको एकल इजलास तोकिएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।

यसैबीच नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्