Logo

सुशान्त सिंह राजपूतका पाँच आफन्तको निधन



Spread the love

एजेन्सी । बलिउडका स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतका पाँच आफन्तको दुर्घटनामा मृत्यु भएको छ । मंगलबार बिहान सुशान्तका परिवारका पाँच सदस्यहरूको दुर्घटनामा निधन भएको हो ।

बिहारको लखीसरायमा नेसनल हाइवेमा उनीहरू सवार गाडी ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा परेको उक्त सुमोमा १० जना सवार थिए । त्यसमध्ये ६ जनाको निधन भएको हो । मृत्यु हुनेमा पाँचजना सुशान्तका आफन्त रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्