Logo

ए डिभिजन लिगको मुख्य प्रायोजक कतार एअरवेज



Spread the love

१ मंसिर, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलको मुख्य प्रायोजन कतार एअरवेजले गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एअरवेजका नेपाल प्रमुख मोहम्मद इल इमानले आज हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कतार एअरवेजले ए डिभिजन लिग सञ्चालनका लागि एन्फालाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ ।

दशरथ रङ्गशालामा मंसिर ३ गतेदेखि हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्