Logo

शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट



Spread the love

१ मंसिर, काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी (ई- पासपोर्ट) प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दी पुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका हुन् ।

सरकारले मेसिन रिडेबल पासपोर्टलाई विस्थापित गर्ने गरी ल्याएको विद्युतीय राहदानी आजदेखि परीक्षण वितरण थालेको हो ।

परीक्षण वितरण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्