Logo

प्रधानमन्त्री ओलीमाथि मुख्यसचिव हटाउन दबाब



Spread the love

पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखिराख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनलाई हटाउन दबाब परेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

मुख्यसचिवको वरीयतामा पहिलो र दोस्रो प्तिस्पर्धालाई पाखा लगाएर तत्कालिन प्रधानमन्त्री पत्नी आरजु राणाको दबाबमा गत कार्तिकमा मुख्यसचिव बनेका लोकदर्शन रेग्मीबाट वर्तमान सरकारलाई सहयोग नहुने भन्दै मुख्यसचिव फेर्न प्रधानमन्त्रीमाथि दबाब परेको हो ।

प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, संसदीय मामिला तथा सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीभित्रको भ्रष्टाचार, ढिलाुस्ती र काम पन्छाउने प्रवृत्ति अन्त्य हुने बताइसकेका छन् ।

तर, सरकारको लक्ष्य कार्यान्वय गर्ने मुख्यसचिव नै विवादित व्यक्ति रहँदा अन्य कर्मचारीले नटेर्ने र सरकारको उद्देश्य लागू हुन नसक्ने भन्दै सत्तारुढ दल, मन्त्री र उच्च अधिकारहरुबीच मुख्यसचिव फेर्न छलफल भएको छ ।

मन्त्रिपरिषद् स्रोतका अनुसार एमाले र माओवादीकेन्द्रका नेताहरुले अब केहि छाप छाड्न नसके दुईतिहाइकाे समर्थनमा सरकार बनाएको कुनै औचित्य नहुने भन्दै कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन गर्नुपर्ने विषयमा छलफल चलाइरहका छन् ।

प्रतिक्रिया दिनुहोस्