Logo

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने



Spread the love

१ मंसीर, एजेन्सी । इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउने भएका छन् । उनि कहिले आउने एकिन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन् ।

“इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौँ, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,” भारतका लागि इजरायली राजदूतले भने ।

सन् २०२२ को मध्यतिर प्रधानमन्त्री बेनेटले भारतको भ्रमण गर्नुहुने अपेक्षा गरिएको पनि राजदूत नाओर गिलोनले जानकारी दिए । इजरायली प्रधानमन्त्री बेनेटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्वन्धी सम्मेलनका क्रममा ग्लास्गोमा भेटवार्ता गरेका थिए ।

‘साइडलाईन’ भेटवार्ताकै क्रममा उनिहरुबीचमा भ्रमणको कुरा उठेको र दुई पक्षीय गृहकार्यका आधारमा मिति तय गर्ने सहमती भएको उनले बताए ।

पछिल्लो समयमा इजरायल र भारतकबीचमा सम्वन्ध थप बलियो बनाइ सहकार्य गर्ने बारेमा विभिन्न चरणमा छलफल भइरहेका छन् । भारतका सेना प्रमुख एमएम नाराभाने आइतवारदेखि इजरायलको पाँच दिने भ्रमण गरेका छन् । दुई देशबीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्देश्य रहेको भारतीय सेनाले जनाएको छ ।

“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशबीचमा छलफल गर्न सेना प्रमुख जानु भएको सेनाले जनाएको छ ।

भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन् । रणनीतिक हिसावले महत्व राख्ने दुई देशबीचमा सम्वन्ध विस्तारका लागि भइरहेका भ्रमण, भेटवार्ता र छलफललाई अर्थ पूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्