Logo

दसैँ, तिहारको उपहार वाग्लेलाई, मोटरसाइकल प्रदान



Spread the love

२ मंसिर, काठमाडाैँ । काठमाडौँको नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दसैँ तिहार योजनाको विजेता यमुना वाग्ले (काठमाडौँ)ले प्राप्त गरेकी छन्

कान्तिपुर मल व्यवस्थापनले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सञ्चालन घटस्थापनादेखि छठ पर्वसम्म सञ्चालन गरेको उपहार योजनामा आज लक्की ड्रमार्फत वाग्ले प्रथम भएकी छन् । प्रथम भएसँगै वाग्लेले यामाहा कम्पनीको १५० सिसीको मोटरसाइकल प्राप्त गरेकी छन् । लक्की ड्रमार्फत दोस्रो विजेता चितवनको समिर भट्टराई भए । दोस्रो भएसँगै भट्टराईले यामाहा कम्पनीको १२५ सिसीको स्कुटर प्राप्त गेर । यस्तै, तेस्रो विजेता लमजुङको सरिता अधिकारी भएकी छन् । तेस्रो भएसँगै अधिकारीले ४२ इञ्चको टिभी प्राप्त गरिन् । चौथो चन्द्रा खड्का भइन् । उनले फ्रिज प्राप्त गरिन् ।

कान्तिपुर मलमा घटस्थापनदेखि छठसम्म रु एक हजारभन्दा बढी मूल्य बराबरको सामान खरिद गर्न आउने ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको उपहार योजनाअन्तर्गत १० जनालाई सान्वना पुरस्कार प्रदान गरिएको छ । सान्वना पुरस्कारमा घडी, रेडियो, आइरन, थर्मसलगायत सामग्री छन् ।

लक्की ड्र कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले कान्तिपुर मलले सबै वर्गलाई ग्राहकलाई लक्षित गरेर पसल सञ्चालन गर्दै आएको जानकारी दिए । “धनीदेखि मध्यम वर्ग र न्यून आय भएका ग्राहकलाई लक्षित गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । घटस्थापनादेखि छठसम्म कान्तिपुर मलमा १८ हजार व्यक्तिले सामान खरिद गरेका थिए । दुई दशक पहिले स्थापना भएको कान्तिपुर मलमा २०० भन्दा बढी पसल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्