Logo

आन्दोलनरत वकिल र प्रहरीबीच सर्वोच्च परिसरमै धकेलाधकेल



Spread the love

२ मंसिर , काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहिबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रर्दशनरत कानुन व्यवसायी जाने क्रममा प्रहरीले रोक्दा स्थिति तनाबग्रस्त बनेको हो।

सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ । राणाको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।

प्रतिक्रिया दिनुहोस्