Logo

जुम्ल्याहा बच्चाकी आमा बनिन् बलिउड अभिनेत्री प्रीति जिन्टा



Spread the love

एजेन्सी । बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । ४६ वर्षीया प्रीतिले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी सामाजिक सञ्जाल इन्स्टाग्रामबाट जानकारी दिइन् ।

‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’ उनले भनेकी छिन्, ‘यो अविश्वसनीय यात्राको हिस्सा भइदिएकोमा डाक्टर, नर्स र हाम्रो सरोगेटलाई हार्दिक धन्यवाद– प्रीति, जीन, जय र जिया।’

प्रतिक्रिया दिनुहोस्