Logo

सर्वोच्च परिसरमा आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल



Spread the love

३ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतल परिसरमा आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ। प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा घम्साघम्सी भएको हो ।

यसअघि धर्नामा बस्दै आएको सर्वोच्च परिसरमा जान खोजेपछि प्रहरीले कानुन व्यवसायीहरुलाई रोक्न खोज्दा धकेलाधकेल भएको हो। सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीको संख्यासमेत बढाइएको छ।

यसअघि बिहीबार आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानुन व्यवसायी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्