Logo

पेनले दिए अस्ट्रेलियाको टेस्ट कप्तानबाट राजीनामा



Spread the love

एजेन्सी । टिम पेनले अस्ट्रेलियाको टेस्ट टोलिको कप्तानबाट राजीनामा दिएका छन्। होबर्टमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पेनले टेस्ट टिमको कप्तानी छाडेको घोषणा गरेका हुन् । यद्दपी, ३६ वर्षीय पेनले एसेज सिरिज भने खेल्नेछन्।

चार वर्षअघि क्रिकेट अस्ट्रेलियाका सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लागेपछि पेनमाथि अनुसन्धान थालिएको थियो।

उनले २०१७ मा अश्लिल सन्देश पठाएको आरोप छ। पेनले कप्तानबाट राजीनामा दिने निर्णय कठिन भएको बताउँदै चार वर्षअघि आफूले सहकर्मीलाई सन्देश पठाएको स्विकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्