Logo

आन्दोलनरत कानुन व्यवसायीले मागे गृहमन्त्री खाँणको राजीनामा



Spread the love

५ मंसिर, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा माग गरेका छन् । सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् ।

कानुनको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजिएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्