Logo

आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप , कहाँ कहाँबाट लगाइँदैछ ?



Spread the love

५ मंसिर, काठमाडौँ । आजदेखि सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्दको फाइजर खोप लगाइँदैछ । केही मात्रा खोप मौज्दात रहेकाले उक्त उमेर समूहका सबैलाई दिन खोप दिन सुरू गरिएको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ।

यसअघि फाइजर खोप दीर्घ रोग भएकालाई फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो ।

यस्तै‚ खोप केन्द्र तोकिएको देशभरिका २४ वटै अस्पतालमा खोप मौज्दात रहेकाले ती ठाउँबाट पनि खोप लगाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्