Logo

ए डिभिजन लिग – ब्रिगेड ब्वाइजको विजयी सुरुवात, एपीएफ पराजित



Spread the love

५ मंसिर, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबमाथि ब्रिगेड ब्वाइज क्लबले रोमाञ्चक जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा बीबीसीले एपीएफमाथि ३–२ को जित हात पारेको हो ।

खेलको १२औं मिनेटमा फ्रिकिकमा दिनेश राईले गोल गर्दै ब्रिगेड ब्वाइजलाई १–० को अग्रता दिलाए ।१७औं मिनेटमा आशिष लामाले गोल गर्दै खेललाई बराबरीमा फर्काए । ६५औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै बीबीसीको अग्रता दोब्बर पारे । ७७औं मिनेटमा विक्की तामाङले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुरज गुरुङले गोल गर्दै बीबीसीको ३–२ को जित पक्का गरे।

जितपछि बीबीसीले ३ अंक जोडेको छ भने एपीएफले अंकविहिन छ ।

प्रतिक्रिया दिनुहोस्