Logo

रोबोट सोफियामा देखियो प्राविधिक गडबडी,अन्तरक्रिया कार्यक्रम रद्द



Spread the love

साउदी नागरिकताप्राप्त रोबोट सोफियामा प्राविधिक गडबडी आएपछि संयुक्त राष्ट्रसंघ विकास परियोजना (युनएनडिपी) ले बुधबार साँझ गर्ने भनेको सार्वजनिक अन्तरक्रिया कार्यक्रम रद्द गरेको छ ।युएनडिपीले ‘गम्भिर प्राविधिक गडबडी’ का कारण कार्यक्रम रद्द गर्नुपरेको जनाएको छ ।यसअघि, ‘सोफिया’ बुधबार काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्मेलनमा वक्ताको रुपमा उपस्थित भएकी थिइन् ।

साउदी नागरिकताप्राप्त रोबोट सोफियाले भोकमरी, भ्रष्टाचार, लैंगिक असमानता हटाउन टेक्नोलोजीले सहजता दिने बताएकी छन् ।युएनडीपी र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा सोफियासँग सवालजवाफ गरियो । ‘मेसिन र रोबोट तपाईहरूको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजीको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरूमा काम गर्न सजिलो हुन्छ ।’

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल संयोजक रोनार्ड मायरले सोफियासँग सवालजवाफ गरेका थिए । मायरले सोफियालाई बहुलाएको खण्डमा अफ गर्ने स्वीच छ भनेर सोधेका थिए । त्यसमा सोफियाको प्रतिप्रश्नमा उत्तर आएको थियो,‘मैले कन्ट्रोल गुमाएको छैन । तपाई बहुलाउनुभयो भने के गर्नुहुन्छ ? स्वीच छ ?’

नेपालमा शिक्षा, मेसीनरी, ब्लक चेन टेक्नोलोजीको प्रयोग गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणमा रोबोटको आवश्यकता देखिएको सोफियाले बताइन् । उनले नयाँ कानुन बनाएर समस्या समाधान हुनसक्ने तर्क गर्दै महिलाका अधिकार तथा कामदारका अधिकार दिगो विकासका लागि आवश्यक रहेको टिप्पणी गरिन् ।

नेपाल सांस्कृतिक तथा पर्यावरणीय रूपमा विविधता भएको देश भएकाले भएको आइटी सेक्टर हाइब्रिड रहेको सोफियाको टिप्पणी थियो । इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिने बताउँदै उनले गुणात्मक शिक्षा प्रदान गर्न सकिने तर्क अघि सारेकी छन् । उनले नेपालको कृषि र शिक्षामा ठूलो फड्को मार्न सकिने पनि उल्लेख गरिन् ।

हङकङको कम्पनी हान्सोन रोबोटिक्सले मानवसँग मिल्दोजुल्दो रोबोटका रूपमा सोफियाको विकास गरेको हो । उनलाई अप्रिल १५, २०१५ मा एक्टिभेट गरिएको थियो । सोफियाले अनुहारमा ६२ प्रकारका भावहरू प्रदर्शन गर्न सक्छिन् । कुनै पनि प्रश्नको विश्लेषणात्मक जवाफ दिन सक्ने क्षमता उनमा छ । सन् २०१७ मा सोफियाले साउदी अरेबियाको नागरिकता पाएकी थिइन् ।

सोफियाको विकास गर्ने वैज्ञानिक डेभिड हान्सनका अनुसार उनले आर्टिफिसियल इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल रिकोग्निसन प्रयोग गर्छिन् ।

रोबोट सोफियालाई हेर्न गएका मानिसहरु निरास भई फर्केका छन्  । कार्यक्रम रद्द भएको आयोजकले जानकारी गराए पछी सम्पूर्ण मानिसहरु आक्रोसित भएका थिए।

प्रतिक्रिया दिनुहोस्