Logo

अन्तर्राष्ट्रिय सीमा खोल्ने अष्ट्रेलियाको घोषणा, कहिलेबाट खुल्दैँछ विद्यार्थीका लागि ?



Spread the love

काठमाडौँ । अस्ट्रेलिया सरकारले कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएका विद्यार्थीलाई प्रवेश दिने भएको छ । कोरोना महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध खुला गर्दै प्रवेश अनुमति दिने भएको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आज बिहान एक प्रेस ब्रिफिङमा डिसेम्बरदेखि प्रतिबन्ध क्रमशः खुकुलो गर्दै विद्यार्थीका लागि सुरूमा प्रवेश खुला गर्ने निर्णय गरेको बताए।

यस्तै, सरकारले अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई पनि हटाउने भएको छ। तर अष्ट्रेलिया आउने विद्यार्थीले तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्