Logo

अमेरिकामा क्रिसमस परेडमा कारले ठक्कर दिँदा ५ जनाको मृत्यु



Spread the love

एजेन्सी। अमेरिकाको विस्कन्सिन राज्यमा एक क्रिसमस शोभायात्रामा कारले ठक्कर दिँदा कम्तीमा पाँच जनाले ज्यान गुमाएका छन् । ४० जनाभन्दा बढी घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ ।

फुटेजमा स्थानीय समय अनुसार साँझको पौने ५ बजेतिर सो कारले बालबालिका सहित दर्जनौं मानिसहरूलाई ठक्कर दिएको हो। अहिलेसम्म पाँच जनाको मृत्यु भएको र ४० जनाभन्दा धेरै घाइते भएको वाकेशा पुलिस डिपार्टमेन्टले बताएको छ ।

राज्य प्रहरी प्रमुख डान थम्पसनले संदिग्ध कार चालकलाई पक्राउ गरेको बताएका छन्। यस्तै, कारलाई समेत नियन्त्रणमा लिएर अनसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्