Logo

टी–२० विश्व कप एसिया छनोट – हङकङसँग नेपाल पराजित



Spread the love

६ मंसिर, काठमाडौँ । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत हङकङले नेपाललाई ६ विकेटले हराएको छ । नेपालले दिएको एक सय पाँच रनको लक्ष्य पछ्याएको हङकङले चार विकेटको नोक्सानीमा १२ बलअघि नै भेटायो ।

हङकङका लागि मारिको हिलले नटआउट ४३ रनको योगदान दिइन्। यस्तै, कप्तान केरी चानले १७ र नताशा मिल्सले १६ रन जोडिन्।नेपालका कविता कुँवर, सीता राना मगर र सबनम राईले एकएक विकेट हात पारे।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले हङकङसामु निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रनको योगदान दिदाँ इन्दु बर्माले ३१ रन जोडिन् । हङकङका लागि क्यारी चन र बेट्टी चनको नाममा समान एकएक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्