Logo

एमालेको समृद्ध नेपालको नीति सही छ : राम बहादुर थापा



Spread the love

६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा उनले समृद्ध नेपालको सही नीतिका साथ समाजवादको आधार निर्माणका लागि अग्रसर हुन आग्रह गरे । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले सही नीति र जनमत प्राप्त पार्टीलाई सत्ताबाट बाहिर ल्याएर पार्टी विभाजित गराउनु दक्षिणपन्थता भएकाले त्यसलाई परास्त गर्न एमालेको विधान महाधिवेशनबाट पारित दस्तावेज र नारा सही भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्