Logo

एमाले स्थायी कमिटी बैठक स्थगित



Spread the love

६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ । यसअघि आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको थियो ।

एमालेको दसाैँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटका लागि बोलाइएको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उक्त बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।

एमालेको यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने बताइएको छ । यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्