Logo

ड्युटी समय सकिएको भन्दै क्याप्टेनले नेपालगञ्जमै अवतरण गराए रूकुमका लागि उडेको विमान



Spread the love

७ मंसिर, काठमाडाैँ । रूकुमका लागि उडेको नेपाल एयरलायन्सको विमान नेपालगञ्ज विमानस्थलमा नै अवतरण गरेको छ । सोमबार क्याप्टेन क्याप्टेन पेम्बा शेर्पा ड्युटी सकिएको भन्दै रूकुम जानुपर्ने विमान नेपालगञ्जमा नै अवतरण गराएका हुन् ।

सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रु लिएर ट्वीनअटर जहाज रूकुमको चौरजहारी विमानस्थलतर्फ उडेको थियो । तर, जहाज रूकुम नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको थियो । क्याप्टेन शेर्पाले ड्युटी समय सकिएको भन्दै सो बिमान नेपालगञ्ज विमानस्थलमा नै अवतरण गरेको बताइएको छ ।

यो घटना थाहा पाएपपछि पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । पर्यटनमन्त्री प्रेम आलेले घटनाको बारेमा छानबिन गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्