Logo

रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा



Spread the love

एजेन्सी । म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। गएराति भएको खेलमा स्पेनिस क्लब भिल्ला रियललाई २–० ले हराउँदै युनाइटेड अन्तिम १६ मा पुगेको हो ।

भिल्लाको मैदानमा दोस्रो हाफको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । यो गोलसँगै रोनाल्डोले व्यवसायिक खेल करिअरमा ७ सय ९९ सय गोल पूरा गरेका छन् । खेलको ९० औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई २–० को जित दिलाए ।

जितसँगै समूह एफको युनाईटेडले ५ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा पुगको छ भने भिल्ला ७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्