Logo

प्रधानन्यायाधीश जबराले तोके १० इजलास, सबै खाले मुद्दा हेरिने



Spread the love

८ मंसिर, काठमाडौँ । प्रधानन्यायाधीशले चोलेन्द्र शमशेर जबराले १० इजलास तोकेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश जबराले दुई एकलसहित आठ संयुक्त इजलास तोकेका हुन्।

१० इजलासमा २२६ मु्द्दाको पेशी तोकिएको छ। बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।

यता, नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्चको मूल गेटमा धर्ना दिएको छ।

प्रतिक्रिया दिनुहोस्