Logo

कांग्रेसको सभापति, उपसभापति र सचिवमा शाही नेतृत्व



Spread the love

काठमाडौँ । तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै नेपाली कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी २३७ मत ल्याएर विजयी भएका हुन् ।

दुई सिट रहेको उपसभापतिमा २४४ मतसहित पूर्ण शाही विजयी भए । लब कुमार शाही पनि २१० मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी सचिवमा २४० मत ल्याएर हिक्मतबहादुर शाही र २५० मत ल्याएर दशरथ रोकाय विजयी भएका छन् । सहसचिवमा लक्ष्मण बहादुर शाहीले २३१ र सुरेन्द्र प्रसाद महतले २६० मत ल्याएर विजयी भएका छन् ।

जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही, बुढा, उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्