Logo

सुर्खेतमा देउवा पक्षको शतप्रतिशत नतिजा



Spread the love

८ मंसिर, सुर्खेत ।सुर्खेतमा संस्थापन पक्षले शतप्रतिशत नतिजा निकालेको छ। महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा संस्थापन पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

क्षेत्र नम्बर १ बाट ८ सय ७४ मत खसेकोमा महामन्त्री खड्का ले ७ सय ३६ मत पाए । स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि खड्का गृहजिल्लाबाट निर्वाचित भएका हुन् ।

यस्तै, कांग्रेसमा संस्थापन इतर मानिएका सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

प्रतिक्रिया दिनुहोस्