Logo

एक शिक्षकले दिए आफ्नी श्रीमतीलाई सानो ताजमहल उपहार



Spread the love

एजेन्सी । भारतको मध्य प्रदेशमा एक व्यक्तिले आफ्नो जीवनसाथीलाई उपहारको रूपमा सानो ताजमहल बनाएर दिएका छन्। मध्य प्रदेशको बुरहानपुरका ५२ वर्षिय स्कुल शिक्षक आनन्द प्रकाश चौकसेले २९ फिट अग्लो गुम्बजसहितको दुईतले घर आफ्नी श्रीमती मञ्जुषालाई उपहार दिएका हुन्।

जुन झट्ट हेर्दा ताज महलजस्तै देखिने ताजमहल बनाउन तीन बर्ष लागेको थियो। उक्त घर अहिले सानो ताजमहलका नामले सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।

विश्वका सात आश्चर्यमध्येको एक ताजमहल मुगल सम्राट शाहजहाँले आफ्नी पत्नी मुमताज महलको सम्झनामा निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्