Logo

देशभर थपिए ३३२ कोरोना संक्रमित, ४ जनाको मृत्यु



Spread the love

८ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ९२० मध्य ७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। २३२ जना निको समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरि, काठमाडौं उपत्यकामा १८१ थपिएका छन्। जसमध्ये काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्