Logo

चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान



Spread the love

९ मंसिर, काठमाडौँ । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ ।

द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई आज युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो । उक्त चलचित्रलाई सेन्सर बोर्डको चलचित्र जाँच समितिले सर्टिफिकेट प्रदान गरेको हो ।

आज सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि चलचित्रप्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएका हुन् । सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिले हेर्न पाउनेछन् ।

द पाल्म गुप्र प्रालिको ब्यानरमा शेखर लामाको प्रस्तुति रहेको र हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा टुल्की चलचित्र निर्माण गरिएको छ । लक्ष्मण सुनारको कथा, देवजङ्ग थापाको छायाङ्कन तथा निर्देशनमा बनेको चलचित्रमा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ ।

शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको चलचित्रमा अभिनय छ ।

ब्राह्मण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ । करिब चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता लामाले बताए ।

चलचित्र ‘टुल्की’लाई नेपालमा भन्दा पहिले विभिन्न मुलुकमा प्रदर्शन गरिने र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने निर्माण समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्