Logo

च्याम्पियन्स लिग – सिटीसँग पीएसजी पराजित, दुवै नकआउट चरणमा



Spread the love

एजेन्सी । म्यानचेस्टर सिटीले गएराति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गरेको छ । तर, दुवै टिम युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका छन् ।

सिटीको मैदानमा पीएसजीले ५०औं मिनेटमा एमबाप्पेको गोलबाट अग्रता बनायो । तर, ६३औं मिनेटमा बैकल्पिक खेलाडी जिससको पासमा रहिम स्टर्लिङले बराबरी गोल फर्काए ।

जिससले ७६औं मिनेटमा आफैले गोल गरेपछि सिटीले तीन अंक पक्का गरेको थियो । पीएसजी भने दोस्रो स्थानमा रहेर अर्को चरण पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्