Logo

च्याम्पियन्स लिग – रियल मड्रिड र इन्टर मिलान अन्तिम १६ मा



Spread the love

एजेन्सी । रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । सेरिफलाई ३–० गोलले पराजित गर्दै रियल मड्रिडले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ ।

यो समूहको अर्को खेलमा इन्टर मिलानले साख्तर डोनेस्कलाई २–० ले हराउँदै नकआउट चरणमा पुगेको छ । इन्टरका लागि दुवै गोल इडेन जेकोले गरेका थिए ।

यसअघिनै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको इंग्लिस क्लब लिभरपुलले लगातार पाँचौ जित निकालेको छ।

गए राति पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-० गोल अन्तरमा हराउँदै लिभरपुलले च्याम्पियन लिगमा विजयी यात्रा कायमै राखेको हो।

प्रतिक्रिया दिनुहोस्