Logo

इतिहासमै पहिलोपल्ट प्रधानमन्त्री बनेकी एन्डर्सनले दिइन् १२ घण्टा नबित्दै राजीनामा



Spread the love

एजेन्सी । स्वीडेनमा इतिहासमै पहिलोपल्ट महिला प्रधानमन्त्री बनेकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिएकी छन् । गठबन्धनमा रहेको ग्रीन पार्टीले बजेटमा साथ नदिएपछि एन्डर्सनले राजीनामा दिएकी हुन् । तर, उनले सभामुख समक्ष आफूले सोसल डेमोक्रेटको एकल सरकार बनाउने भन्दै पुनः प्रधानमन्त्री नियुक्त गर्न आग्रह गरेकी छन् ।

सभामुखले भने संसदमा रहेका आठ वटै पार्टीसँग छलफल गरेपछि निर्णय लिने बताए।

१०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डर्सन नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्