Logo

सुनको मूल्यमा गिरावट, कति छ आजको बजार भाउ ?



Spread the love

९ मंसिर, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचादीँ महासंघले जनाएको छ ।

हिजो बुधबार सुनको मूल्य तोलामा ९१ हजार ८०० रुपैँयामा कारोबार भएको थियो ।

यस्तै, हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्