Logo

जसपाले गर्यो प्रदीप यादवलाई कारबाही, केन्द्रीय सदस्य पद खोसियो



Spread the love

९ मंसिर, काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको प्रस्तावमा केन्द्रीय सदस्य प्रदीप यादवलाई कारबाही गरेको छ । पार्टी विभाजनको प्रयास गरेको तथामन्त्री बन्न नपाएपछि अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको लगायत आरोपमा उनको सदस्य पद खोसिएको हो ।

प्रदीप यादवबारे थप छानबिन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा एक छानबिन समिति समेत गठन गरिएको बताइएको छ ।

तर पार्टीको साधारण सदस्यता भने कायमै राखिएको छ । सांसद समेत रहेका प्रदीपको सांसद पद भने जोगिएको हो ।

प्रतिक्रिया दिनुहोस्