Logo

विश्वकप क्रिकेट – कुवेतमाथि नेपालको सानदार जित



Spread the love

९ मंसिर, काठमाडौं । आईसीसी ट्वान्टी–२० महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि फराकिलो जित निकालेको छ। आफ्नो तेस्रो खेलमा नेपाली टोलीले कुवेतमाथि ९ विकेटको सानदार जित हात पारेको हो।

२८ रनको लक्ष्य पछ्याएको नेपालले ३.३ ओभरमा एक विकेटको नोक्सानीमा पूरा गर्यो ।कुवेतकी प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी कप्तान रुविना क्षेत्री र संगीता राईले समान तीन विकेट लिए । करुणा भण्डारी र सरस्वती कुमारीको नाममा समान एकएक विकेट रह्यो।

यसअघि, आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भयो । कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो खेलमा पराजय व्यहोरेको नेपालले दोस्रो खेलमा भुटानमाथि ८ विकेटले जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्