Logo

मंसिर १५ गतेदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिने



Spread the love

९ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहिबार फुलकोर्ट बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने छ ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्