Logo

देशभर थपिए ३०८ कोरोना संक्रमित, २९८ जना निको भए



Spread the love

९ मंसिर, काठमाडौँ । देशभर थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सङ्क्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्