Logo

ए डिभिजन लिग – बलियो प्रतिद्वन्दी थ्रिस्टारलाई सातदोबाटोको चुनौति



Spread the love

१० मंसिर, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछ । दशरथ रंगशालमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लबले बलियो प्रतिद्वन्दी थ्रिस्टारसंग प्रतिस्पर्धा गर्दैछ।

१ बजे सुरु हुने खेलमा सातदोबाटो पहिलो जितको खोजिमा रहनेछ भने पहिलो चरणमा क्लिन सिट राख्दै थ्रिस्टार क्लबले अर्को बलियो क्लब च्यासल युथ क्लबलाई तीन गोल गरेको थियो। आजको खेलमा पनि थ्रिस्टार सोहि लय कायम राख्ने रणनीतिका साथ मैदान उत्रनेछ ।

यस्तै, साँझ पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग भिड्दैछ ।दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्