Logo

एमालेको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज चितवन जाने



Spread the love

१० मंसिर, काठमाडौँ। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चितवनतर्फ प्रस्थान गर्दैछन् । आजबाट सुरु हुने महाधिवेशनको उद्घाटनमा सहभागी हुन प्रधानमन्त्री देउवा दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनका लागि नेपालका प्रमुख राजनीतिक दल साथै विदेशी राष्ट्रहरुबाट समेत नेताहरुको उपस्थिती हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्