Logo

झन्डै पाँच महिनापछि प्रधानमन्त्री देउवा र ओली एउटै मञ्चमा



Spread the love

१० मंसिर, काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी नदी किनारमा भइरहेको छ ।

उद्घाटन स्थलमा नेता कार्यकर्ताको घुइँचो लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरू पुगिसकेका छन्।

यसैबिच, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली एकै समयमा मञ्चमा उक्लिएका छन्। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली झन्डै पाँच महिनापछि पहिलो पटक एकै मञ्चमासँगै देखिएका हुन्।

महाधिवेशनमा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरू पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्