Logo

गैँडाकोटबाट जनमोर्चाका अध्यक्ष केसीलाई ३ घण्टा लाग्यो नारायणीको किनार पुग्न



Spread the love

१० मंसिर, चितवन । नारायणी नदी किनारामा भइरहेको नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटनका कारण चितवनको पुल्चोक लगायतका क्षेत्रमा एमाले कार्यकर्ता भरिभराउ छन् । एमाले महाधिवेशनलाई लक्षित गरेर चितवनका मुख्य सडकमा सवारी साधन निषेध गरिएको छ ।

यसैबिच, शुभकामना मन्तव्य राख्न चितवन पुगेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई मञ्चमा पुग्न ३ घण्टा लागेको छ । बिहान ११ बजे नारायणी किनारा पारि आइपुगेका नेता केसी भीडका कारण साढे २ बजे एमालेको मञ्चमा पुगेका थिए ।

एमाले १० औं महाधिवेशनलाई सम्बोधन गर्दै नेता केसीले नेपालमा प्रजातान्त्रिक शक्ति, वामशक्तिबीच एकता नभएको भए नेपालमा राजनीतिक उपलब्धीको संभावना नभएको बताए।

प्रतिक्रिया दिनुहोस्