Logo

उपचार गरेको १९ हजार तिर्न नसकेपछि अस्पतालमै बिरामीले गरे आत्महत्या



Spread the love

११ मंसिर, काठमाडौं । उपचार गरेको बिल तिर्न नसकेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामीले तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । धनपालथान गाउँपालिका १ का शिवकुमार मण्डलले मृतयु रोजेका हुन् । अस्पताल प्रशासानले भने घटनामा आफूहरुको कुनै गल्ती नभएको दाबी गरेको छ ।

छारेरोगको उपचारका लागि मण्डल ४ मंसिरमा अस्पताल भर्ना भएकोमा ७ गते अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको थियो । तर, अस्पतालमा उनको बिल तिर्न बाँकी थियो ।

करिब ३६ हजार खर्च भएकोमा १९ हजार तिर्न नसकेपछि अस्पतालले बन्धक बनाएको र सोही कारण मण्डलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्