Logo

गुल्मीमा देउवा पक्षले गर्यो निर्वाचन बहिष्कार , जबरजस्ती मतदान भए अवरोध गर्ने चेतावनी



Spread the love

१२ मंसिर, गुल्मी । नेपाली काङ्ग्रेस गुल्मीको आठौं अधिवेशनमा भाँडभैलो सुरु भएको छ । शनिबार भइरहेको मतदानमा मुसिकोट नगरपालिकाका प्रतिनिधिको मतपत्रमा संकेत देखिएको भन्दै देउवा पक्ष भनेर चिनिने वेद थापा मगर पक्षले मतदान बहिष्कार गरेको हो ।

आइतबार बिहान पत्रकार सम्मेलन गर्दै सभापतिका उम्मेदवार थापा मगरले मतदाताको मतदान गर्ने अधिकार माथी बन्देज गरिएको मतपत्रमा संकेत गरिएको बताउँदै पुन मतदान गराउन माग गरेका छन् ।

निर्वाचन आयोगसँग मिलेर मतपत्रलाई बङ्ग्याएर मतपत्रमा उल्लेख नभएको क्रम संख्या थपिएको, अर्धकट्टीमा नाम क्रम संख्या र मतपत्रमा क्रम संख्या थपेपछि कसले कहाँ मतदान गर्यो भन्ने कुरा प्रष्ट थाहा पाउन सक्ने गरी सुनियोजित तरिकाले मतपत्र बनाएको थापा मगर पक्षको आरोप रहेको छ ।

त्यस्तै, आज हुने भनिएको मतदानलाई पुर्ण रूपमा बहिष्कार गर्ने र बल प्रयोग गरेर मतदान गर्ने खोजे अबरोध गर्ने थापा पक्षले चेतावनी दिएको छ ।


थापा पक्षधरको पुरै जिल्लाकै मतदान पुनः गराउनु पर्ने माग छ भने अर्का खिलध्वज पन्थी पक्षधर मुसिकोट नगरपालिकाको मात्रै पुनः मतदान गर्नुपर्ने पक्षमा छन् ।

काङ्ग्रेस अधिवेशनमा देशभर भाडभौलो, झडप र गोलीसम्म चलेका छन् । यसलाई मध्यनजर गर्दै गुल्मीमा पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्