Logo

इजरायलले लगायो विदेशी नागरिक प्रवेशमा रोक



Spread the love

१२ मंसिर, काठमाडौँ । इजरायलले विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ । कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिमका कारण विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको इजरायल सरकारले जनाएको छ ।

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण इजरायलमा पनि भेटिएको छ । अबको दुई हप्ता विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय भएको इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले विज्ञप्तिमार्फत जानकारी दिए ।

नयाँ भेरियन्टको जोखिम बढेसँगै इजरायलले सबै नाकाहरु समेत बन्द गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्