Logo

कारोनाको नयाँ भेरियन्ट देखिएसँगै उकालो लाग्यो सुनको मूल्य, कति पुग्यो ?



Spread the love

१२ मंसिर, काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । आइतबार सुनको भाउ प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महसंघले जनाएको छ ।

गत शुक्रबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२१० मा कायम भएको महासंघले जनाएको छ ।

दक्षिण अफ्रिकाबाट कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलन थालेपछि सुनको मूल्य फेरि उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्