Logo

झापामा बस दुर्घटना हुदाँ एकको मृत्यु, २३ घाइते



Spread the love

१२ मंसिर, झापा । झापामा बस दुर्घटना हुँदा एक जनाले ज्यान गुमाउँदा २३ जना घाइते भएका छन् । झापाको कन्काई नगरपालिका-८ स्थिति बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्