Logo

चेल्सी र युनाइटेड बराबरीमा रोकियो, म्यानचेस्टर सिटी विजयी



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडमाथि जित निकालेको छ। म्यानचेस्टर सिटीले वेस्टह्यामविरुद्ध २–१ को जित हात पारेको हो।

खेलको ३३ औं र ९० औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीले लिगमा महत्वपूर्ण तीन अंक जोडेको हो।

त्यस्तै, प्रिमियर लिगको आइतबार राति नै भएको अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन्।

यससँगै चेल्सी १३ खेलबाट ३० अंकसहित प्रिमियर लिगको शीर्षस्थानमा छ भने म्यानचेस्टर सिटी समान खेलबाट २९ अंकसहित दोस्रोस्थानमा उक्लिएको छ। म्यानचेस्टर युनाइटेड भने १३ खेलबाट १८ अंकसहित आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्