Logo

सुनको मूल्यमा गिरावट, कति छ आजको बजार भाउ ?



Spread the love

१३ मंसिर, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज १०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्