Logo

लालबाबु पण्डितले गरे केन्द्रीय कमिटीमा नबस्ने घोषणा



Spread the love

१३ मंसिर, काठमाडौँ । एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् । ओलीले केन्द्रीय कमिटीमा पण्डितलाई प्रस्ताव गरेपछि अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको लेखेका छन् ।

१० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गरेका थिए ।

नेतृत्व चयनका लागि भएको यो महाधिवेशनबाट पण्डित उपाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका थिए । सर्वसम्मतिबाट आफू उपाध्यक्षमा चयन हुने बताउँदै आएका पण्डितको नाम ओलीको लिस्टमा नपरेपछि उनले कार्यकारी पदबाट बिदा लिएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्